• २०८३ बैशाख ८ गते मङ्गलवार

हतियारसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१, सर्लाही । सर्लाहीमा हातहतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् ।

छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाइएको हो ।

गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका नवनीत झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस