असोज २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ३ सय ६५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३ हजार ८ सय ७८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ६ सय ९ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसगैं मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ जना पुगेको छ ।