असोज २०, सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका९ ४ मधवापुर निवासी ७३ बर्सिया बौवालाल गुरमैता यादवले घरमै नागरिकता पाइका छन् ।
जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका हुन् । मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् ।
जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिँड्ने गर्छन् ।७३ वर्षको उमेरमा नागरिकता नपाउँदा उनी सरकारी सेवासुविधाबाट बन्चित थिए ।