• २०८३ भाद्र १३ गते शनिवार

ईपीएल क्रिकेटमा आज दुई खेल हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाडौँ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा चितवन र भैरहवा खेल्ने छन् । क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन् । पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । काठमाडौँ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ । यसअघि हिजो भएको खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस