• २०८३ असार १४ गते आइतवार

मुगुमा असोज १५ बाट सुपथ मुल्य पसल

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १७, मुगु । हिमाली जिल्ला मुगुमा असाजे १५ गते देखि सुप मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले सुथप तथा सहुलियत छुट मूल्य पसल यहि असोज १५ देखि सञ्चालनमा ल्याएको हो ।

सरकारको निति अनुसार असोज १ गते देखि सुपथ मुल्यको पसल सञ्चालनमा ल्याउनु पर्ने हो तर मुगुमा खाद्यान्न अभावका कारण सोही मितिमा सुपथ मुल्यको पसल सञ्चालनमा ल्याउन नसकिएको शाखाका निमित्त प्रमुख पुस्कर भामले बताए । उनका अनुसार यसै समस्या लाई मध्येनजर गर्दे असोज १५ बाट सञ्चालनमा ल्याईएको भामले भने ।

अरुवा मोटा चामल प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री गरेको कार्यालय मुगुले जनाएको छ । असोज १५ गतेदेखि कार्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्नका लागि एक हजार क्विन्टल कोटा छुट्याईएको छ । पहिलो दिन अर्थात् असोज १५ गते ६० क्विन्टल सहुलियत छुट मूल्यमा चामल बिक्री भएको शाखा प्रमुख भामले । हाल सम्म १ सय क्विन्टल बढि सहुलियत छुट मुल्यमा चामल बिक्री भएको छ । वितरण गर्नका लागि शाखा तालिका सार्वजनिक गरेको छ ।

विहान १० बजेदेखि ३ बजेसम्म प्रति व्यक्ति घर परिवार एक र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।

मुगुमा खाद्यान्न पुग्यो
खाद्यान्न अभाव भएको जिल्लामा बल्ल खाद्यान्न पुगेको छ । जिल्लाको लागि १ सय ७० क्विन्टल चामल मुगुमा पुगेको हो । गएको असोज २ गते न्युज कारखानामा दशैंको मुखमा मुगुमा खाद्यान्न अभाव भन्ने शिर्षकमा समाचार प्रकाशित भए पश्चात उक्त समाचार लाई आत्म साथ गर्दे दशैंको मुखमा खाद्यान्न पुर्याईएको शाखा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पुस्कर भामले बताए ।

मुगुमा अन्न बालिको भण्डार भएता पनि अझै पनि यहाका स्थानीय आयतित खाद्यान्नमा निर्भर रहेकाले जेज तेन चामल दशैको मुखमा पुर्याईएको बताईएको छ । अब दशै सम्म चामल प्रयाप्त मात्रामा पुग्नेछ । अभाव हुने छैन । मुगुको लागि खाद्यान्न आपुर्ति गर्न जिम्मा पाएको खड्का निर्माण सेवाले यहि असोज महिनाको २ साता भित्रै चामल पुर्याईएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस