असोज १४, धनुषा । थिला नगरपालिका(६ डेरा गरी बस्ने सोही गाउँपालिका(४ घर भएका ३५ वर्षीय सुरेखा यादवलाई नियन्त्रित लागूऔषध स्पास्मो, भोमाइन समेत गरी २ हजार २ सय २० पिस र १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा अवैध रुपमा लागूऔषध बिक्री तथा संचित गरी राखेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।