भदौ १६, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ छ । बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।
भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिका कारण आगामी दिनमा प्रतिनिधि सभाको बैठक कसरी र कहिलेदेखि संचालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि भदौ १० गते भोटेकोशी बाढी आएपछि बैठक बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित भएको थियो ।
