• २०८३ जेष्ठ २० गते बुधवार

मानव बेचबिखनका दोषी १२ वर्षपछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, कञ्चनपुर । मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कञ्चनपुर दोषी ठहर एक व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।

साविकको पिपलाडी गाविस–३ (हाल शुक्लाफाँटा नगरपालिका–१) का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। उनलाई अदालतमा पेश गरी जारी गरिएको कैदी पूर्जिअनुसार सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।

उनका अनुसार गणेशले २०६४ असार २ मा स्थानीय महिलालाई विवाहको प्रलोभन देखाई भारतको नयाँ दिल्ली पुर्‍याएर बेचविखन गरेका थिए। बेचविखनका लागि नयाँ दिल्लीमा डेरा गरी बस्दै आएकी एक महिलाको जोशीले सहयोग लिएका थिए।

पीडितका आफन्तले मानब बेचविखन तथा ओसारपसार कसुरमा कञ्चनपुर जिल्ला अदालतमा २०६६ सालमा मुद्दा दायर गरेका थिए। अदालतले जोशीलाई २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला भएपछि गणेश फरार थिए।

Sharing

प्रतिक्रिया दिनुहोस