असोज १२, बाजुरा । बाजुरा जिल्लामा बाहिर बाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा जगन्नाथ गाउँपालिका –२ का २६ वर्षिया र बुढीनन्नदा नगरपालिका –७ का ३२ वर्षिया पुरुष रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
प्रमुख पन्तले दिएको जानकारी अनुसार संक्रमित व्यक्ति काठमाडौँ बाट आएका हुन । सोमवार डाव बजारमा रहेको हेल्थडेस्कमा ऐन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको प्रमुख पन्तले किनारा न्युजलाई बताए । कोरोना संक्रमितको सम्पर्कमा आएका सवैलाई परिक्षण गर्दा नेगेटिभ आएको छ ।
संक्रमित व्यक्तिलाई होम आइसोलेशनमा बस्न अनुरोध गरेको स्वास्थ्य कार्यालय कार्यालय बाजुराले जनाएको छ । दशैँतिहार नजिकिदै गर्दा देशका विभिन्न ठाउँबाट मानिसहरु बाक्लो रुपमा भित्रिने गरेका छन् यसले गर्दा झने कोरोनाको जोखिम बढ्दै गएको छ ।