• २०८३ बैशाख २० गते आइतवार

चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, सिचुवान । चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् । बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरीरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ ।

घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन शहरको आकस्मिक व्यवस्थापन ब्यूराका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस