असोज १०, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। ज्वरो, रूघाखोकी लागेपछि उनले पिसीआर र एन्टिजेन्ट परीक्षण गरेका थिए।

खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको छ । महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा सतर्कताका लागि अनुरोधसमेत गरेका छन्।