• २०८३ बैशाख १४ गते सोमवार

पत्रकार महासंघ सुनसरीका सदस्य संगम बिष्ट बने बराहक्षेत्र काँग्रेसको नगर सदस्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यसमिति सदस्य पत्रकार संगम बिष्ट नेपाली काँग्रेस बराहक्षेत्र नगर कार्यसमिति सदस्यमा चयन भएका छन् । नगर सहसचिवमा उम्मेदवारी दिएका बिष्ट अन्तिम समयमा आएर पछि हटेका थिए । नगर सदस्यमा भने निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक गोकुल गुरागाईंले जानकारी दिए ।

नेपाल प्रेस युनियन बराहक्षेत्रको सभापति समेत रहेका उनी बिगत केही वर्षयता बराहक्षेत्रलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् । प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् । जसमा पत्रकार बिष्ट युवा सदस्यका रुपमा रहनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस