• २०८३ बैशाख १७ गते बिहिवार

अमेरिकाले विभिन्न देशलाई थप ५ करोड कोभिड खोप अनुदान दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप हरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, ‘बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ ।’

अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोपहरू संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस