• २०८३ जेष्ठ ४ गते सोमवार

सप्तरीमा नहरमा डुबेर तीनको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, सप्तरी। सप्तरीमा पोखरी तथा नहरमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । मंगलबार दुई बालिका र एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-२ की १२ वर्षीया सबना खातुन, खडक नगरपालिका-८ की ३ वर्षीया एलिजाकुमारी चौधरी र महादेवा गाउँपालिका-४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदाको मृत्यु भएको हो ।

बालिका खातुनको बिहान सवा ११ बजे घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको थियो । यसैगरी, चौकीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेको अवस्थामा अपरान्ह सवा पाँच बजे फेला परेकी थिइन् । यसैगरी, सदाको पोखरीमा भाँडा मस्काउन जाँदा अपराह्न साढे चार बजे डुबेर मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस