• २०८३ बैशाख १५ गते मङ्गलवार

सुनसरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए ।

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले बताए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताए । हात्तीको आक्रमणबाट खत्वेको मृत्यु भएपछि आक्रोशित स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् । जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित राहत दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको साहले बताए । केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस