• २०८३ बैशाख २० गते आइतवार

नारायणी वयोधा अस्पताल अनुमतिविना सञ्चालन, प्रमुख जिल्ला अधिकारीको संयुक्त टोलीले अस्पतालमा अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, पर्सा। वीरगन्जमा  सञ्चालित नारायणी वयोधा अस्पतालले सञ्चालनको अनुमति नलिएको भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालमा अनुगमन गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा वाणिज्य कार्यालय तथा उपभोक्ता समितिका पदाधिकारी लगायतको संयुक्त टोलीले अस्पतालमा अनुगमन गर्नुको साथै अस्पतालको कागजातहरु समेत चेकजाँच गरेको छ ।

अस्पतामा कार्यरत चिकित्सकहरुले नै अनुमति विना अस्पताल संचालन रहेको गुनासो गरेपछि प्रशासनको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा अस्पतालले भवन निर्माणको लागि अनुमति लिएको, वातावरणमा कुनै असर नपर्ने भनेर अनुमति लिएको तर सञ्चालनको लागि अनुमति पत्रको कागजात फेला नपरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार अस्पताल सञ्चालनको लागि अनुमति पत्र नै नलिई विगत दुई वर्षदेखि अस्पताल संचालन रहेको गुनासो आएपछि अस्पतालमा अनुगमन गरिएको बताए । अनुगमनको क्रममा सबै कागजातहरु रहेको तर संचालन अनुमति पत्र स्वास्थ्य मन्त्रालयसँग लिन प्रक्रियामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस