• २०८३ बैशाख १६ गते बुधवार

रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, जाजरकोट । नलगाड नगरपालिका-५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित बारेकोट गाउँपालिका-५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ।

उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस