असोज १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८६ जना र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।