• २०८३ असार १७ गते बुधवार

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, मकवानपुर । चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका-१४ बाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी जम्मा २ वर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुरमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस