• २०८३ जेष्ठ ७ गते बिहिवार

धनुषामा स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिबाटै तालाबन्दी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, धनुषा । धनुषाको एक स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर ३ का ४ जना वडा सदस्यले स्थानीयवासीको सहयोगमा वडा कार्यालयमा तालाबन्दीसहित प्रदर्शन गरेका हुन् । वडा सदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहित वडावासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले अनियमितताको छानबिनका लागि मागसमेत गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस