भदौ २९, काठमाडौँ । नेकपा- एमाले-अर्घाखाँची -काठमाडौँ पाणिनी गाउँ पालिका सम्पर्क मञ्चको पहिलो पुर्ण बैठक सम्पन्न भ्एको छ । मञ्चका अध्यक्ष नरहरि घिमिरेको को अध्यक्षता र नेकपा एमाले अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष बिशाल मिश्रको प्रमुख अतिथि र विशेष अतिथि प्रदेश सम्पर्क कमिटीका सदस्य हरि नेपाली तथा जिल्ला सम्पर्क मंच सचिवालय सदस्य शेषनारायण पोख्रेल जयराम पोख्रेल डासिराम घिमिरे मणि अधिकारी खिमानन्द घिमिरे कुलचन्द्र न्यौपाने टेकनाराण पोख्रेल, एवम् राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य राम प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

बैठकले कमिटीलाई नयाँ सदस्य थप गरि बिस्तारका साथै वडामा इन्चार्ज सह- इन्चार्ज बनाएको छ र चाडै नै वडा कमिटी बनाउने र गाउँपालिका भेला को तयारीमा रहेको अध्यक्ष नरहरि घिमिरेले बताए बैठकले नेपाली श्रमजीवि जनताको पार्टी एमालेलाई बिभाजन गर्ने देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रमा संलग्न नहुन सबै नेता कार्यकर्ताहरुलाई आव्हान गरेको हो।

एमालेका केही नेता चोईटिएर नयाँ पार्टी गठन गर्ने तहसम्मको अपराध गरेकोमा खेद व्यक्त गरेको छ आफ्नो जिल्ला तथा पालिकामा १र२ बाहेक सबै एमालेमा नै रहेको र यस्ता गतिविधिमा संलग्न नहुन र नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह, नेपाली जनताको आशा र भरोसाको केन्द्र नेकपा एमालेलाई एकताबद्ध बनाउन भएका प्रयासमा संका नगर्न, निर्धक्क भएर सदस्यता नबिकरण र बिस्तारमा जुट्नसमेत अपिल गरेको हो ।
