• २०८३ बैशाख २७ गते आइतवार

पेरुका विद्रोही नेता गोञ्जालोको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, एजेन्सी । पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ ।

पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाज दिएको थियो । कारागारमै लामो समयदेखि विरामी रहेका उनको उपचारका क्रममा सैनिक अस्पतालमा निधन भएको हो ।

विश्वका कम्युनिष्टहरुबीच गोञ्जालो उपनामले चिनिने उनलाई सन् १९९२ को सेप्टेम्बर १२ देखि बन्दी बनाइएको थियो । उहाँ पछिल्लो समय छालाको क्यान्सरबाट ग्रस्त हुनुहुन्छ । गोञ्जालोको पार्टी पेरु कम्युनिष्ट पार्टी साइनिङपथले सन १९८० देखि सशस्त्र युद्ध शुरु गरेको थियो जुन १९९९ मा आईपुग्दा निस्तेज भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस