भदौ २४, काठमाडौं । प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँस्थित होटलकी संचालिका कास्की पोखरा महानगरपालिका-७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगर समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँस्थित होटलमा हो(हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा होटलमा मादक पदार्थ सेवन गरी बसेका व्यक्तिहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेपछि रुपा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार कास्की वतन भएका २२ वर्षीय रविन थापा मगरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।