भदौ २१, स्याङ्जा । प्रहरीले गोरु काटेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । गोरु काटेको अभियोमा ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिका-८ ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, सोही ठाउँ बस्ने हुम प्रसाद गुरूङ र खेम गुरूङ रहेका छन् । सोही ठाउँमा गोरू काटी भागबण्डा लगाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी उनीहरुको घर तलासी गर्दा गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरिर छुट्टा-छुट्टै बनाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर “पशुपंक्षी सम्बन्धी कसूर” मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।