माघ २४, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ ।
जसमध्ये दुई लाख ६७ हजार ८१२ जना सङ्क्रमित निको भएका छन् । हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।