• २०८३ बैशाख १४ गते सोमवार

प्रदेश २ एकीकृत समाजवादी सरकारमा जाने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १६ काठमाडौं ।  प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ ।

सासंसदहरुको सनाखत गर्न भने बाँकी रहेको छ । छिट्टै सनाखत गर्ने र सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन गरी सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने बताईएको छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।

प्रदेश नं २ मा रहेको ११ मन्त्रालय मध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस