भदौ, १५ काठमाडौं । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले त्यहाँको राष्ट्रिय शैक्षिक पाठ्यक्रममा परिवर्तन गर्न लागेको छ।
तालिवान कामचलाउ सरकारका शिक्षा मन्त्रीले इस्लाम धर्मलाई केन्द्रमा राखेर पाठ्यक्रमहरुको परिमार्जन गरिने बताएका छन्।
राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री अब्दुल बागी हक्कानीले इस्लाम धर्मविरुद्ध हुने कुनै पनि विषय र सन्दर्भलाई हटाइने जनाऊ दिए।
पत्रकार सम्मेलनमा उनले अफगानीहरुले इस्लाम बाहेक अन्य स्विकार नगर्ने पनि बताए। १९९० मा पहिलो पटक अफगानिस्तानको सत्तामा पुगेको तालिवानले त्यतिबेला इस्लाम धर्मको हवाला दिंदै लागू गरेका बन्देजात्मक कानूनहरुले महिलाहरु माथि निकै विभेद र दमन भएको विषय बाहिर आएको थियो।
अहिले त्यस्तो नहुने कुरामा विस्वस्त रहन तालिवानले भनेको भएपनि शैक्षिक कार्यक्रम परिमार्जनको विषयले धेरैलाई सशंकित बनाएको छ।