• २०८३ बैशाख ३० गते बुधवार

भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, ईस्लामबाद । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो ।

जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस