भदौ ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा २०६५ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ जना पुगेको छ ।
देशभर १३ हजार १ सय १७ जनामा गरिएको नमूना परीक्षणमा २०६५ जना संक्रमित भएका हुन् । मन्त्रालयका अनुसार चौबिस घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् । योसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८ हजार २ सय ३० जना रहेको छ । मन्त्रालयका अनुसार चौबिस घण्टामा २५ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।