• २०८३ भाद्र २६ गते शुक्रवार

दाङ प्रहरीले चोरी निकासी गर्ने अवैध सालको काठ पिकप सहित ३ जना पक्राउ

 सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, दाङ । देउखुरीमा शुक्रबार बिहान रातिको ३ बजे गोप्य सूचनाको आधारमा दाङ प्रहरीले ५३.८९ क्युफिट अवैध सालकाे काठ सहित ३ जनालाई पक्राउ गरेको छ ।

गए राती करिब ३ बजे गढवा ६ क्रकहवाबाट लमही तर्फ लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १७ थान चिरानकाे ५३.८९ क्युफिट अवैध सालकाे काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ शुक्रबार डिभिजन वन कार्यालय दाङ लमहीलाई बुझाएको छ ।

 

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चाैधरी र साेही पालिका वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनाेद चाैधरी लगाएत रहेको दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस