• २०८३ बैशाख ३१ गते बिहिवार

एमाले स्थायी कमिटी बैठक सकियो (निर्णयसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ । आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ । उक्त बैठकले २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ । उनले १० बुँदेलाई सन्दर्भ सामग्रीकारुपमा लिन पनि निर्देशन दिइएको जानकारी गराए । त्यस्तै बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ । बैठकले एमालेको विधान महाधिवेशन यही असोज ४, ५ र ६ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

साथै नेकपा एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गरेको छ । “एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस्,” प्रवक्ता प्रदीप ज्ञवालीले भने, “तपाईंहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । कारबाही नहुने जानकारी गराउन चाहन्छौँ ।

आजको बैठकले माओावादीबाट एमालेमा आएका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको एकता कार्यकालमा जुन जिम्मेवारी प्रदान गरिएको छ त्यही जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस