• २०८३ जेष्ठ २७ गते बुधवार

प्रभु बैंकले दियो २४ महिलालाई सहुलियतपूर्ण कर्जा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका– ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

बुधबार सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तीका समानहरूको जोहो गरी आफ्नो उधम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस