भदौं ८, काठमाडौं । नेपालमा थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३५ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ । जसमा ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा छन् भने ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय २० जना आईसीयूमा उपचाररत छन् भने १ सय ७० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।