• २०८३ बैशाख ३१ गते बिहिवार

एमाले स्थायी कमिटी बैठक ११ बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ११ बजे बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।

विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो । उनिहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस