• २०८३ बैशाख ३१ गते बिहिवार

प्रतिनिधि सभाका सचिव अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै पदभार ग्रहण गरेका छन् ।

सभामुख अर्यालको सिफारिसमा तत्कालिन सचिव हर्कराज राईलाई बर्खास्त गर्दै राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस