• २०८३ बैशाख १५ गते मङ्गलवार

संरक्षण अभावमा वर पीपल

जितेन्द्र थापा पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६, सुर्खेत । वर पिपलको ठूला–ठूला रुख । थोरै हावा चल्दा पनि शितलता दिने । गाउँको पहिचानसँग जोडिएको वर पिपल चौतारी । वर पीपल भन्नेवित्तिकै उखरमाउलो गर्मिले तातिएको शरिरमा केही शतिलता महशुस हुन्छ । तर, गाउँमा बाटो विस्तार तीव्र गतिमा हुँदा यस्ता पुराना वर पिपलका रुख तथा चौतारा नासिदै जान थालेका छन ।

साविकको कर्णाली अञ्चल,भेरी अञ्चलका ग्रामिण भेगमा उकाली ओराली गर्दा थुप्रै वरपीपल भेट्न देख्न पाइने वरपीपल कमै मात्र देख्न पाइन्छ । तर, यस्ता सार्वजनिक ठाउँमा रहेका पिपल चौताराको संरक्षणमा खासै चासो दिइएको पाइएको छैन । सुर्खेतको पञ्चपुरीनगरपालिका १० का चक्र बिक वरपीपल संरक्षणमा सबैले चासो दिनुपर्ने बताउँछन् । उनले केही वर्ष पहिले रोपेको पीपल आफु केही समय बाहीर बस्दा कसैले काटेको र स्वही ठाउँमा नयाँ बाट रोपेको अहिले नौ वर्ष भएको बताउँछन् ।

पहिलेका पुराना पुस्ताले वरपीपल रोपे पनि नयाँ पुस्तामा चासो देखिएको उनी सुनाउँछन् । ‘यी वर पिपल रोप्ने मध्ये धेरै जसो मानिस दिवंगत भैसक्नु भएको छ । केही मानिस जिवित हुनुहुन्छ ।’ बाटो वनाउने, विद्युत विस्तार गर्दा अरु बोट बिरुवा नासिन पुगे । ’दैलेखको आठविस नगरपालिकाका रमेश बडुवालले भने–‘गाउँलाई स्वच्छ बनाउने यिनै वर पिपल हुन । धेरै रुख बुढा भैसकेका छन । अब यी बुढा रुखको विकल्पको रुखमा अरु वर पिपल हुर्काउनु पर्ने जरुरी छ ।’ ‘धार्मिक आस्थासँग जोडिएको वर पिपलको प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण र गाउँको पहिचानसँग जोडिएका हुनाले संरक्षण सबै तहबाट विशेष ध्यान पु¥याउन आवश्यक छ ।’ पीपल भनेको एउटा पहिचान,चिनारी र शितल दिने विरुवा मध्यकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बताउँछन् । हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व रहेको र यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले समेत पनि चिनिन्छ । पीपल भनेको एउटा आँगन हो पीपलले सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शितलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहन्छ उनले भने ।

वर पिपल गाउँको कुलर
वर पीपल गाउँको कुलर, एसि जस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्ने सुर्खेत आयुर्वेदिक अस्पताल सुर्खेतका डाक्टर यादव उपाध्याय बताउँछन् । ‘हामीले आधुनिकताको नाममा पुराना राम्रो अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ? गाउँका पिपल चौतारा हाम्रा एसि, कुलर हुन’उनले भने,‘वर पिपलको संरक्षणमा कार्यक्रम गर्न जुरुरी छ ।’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वर पिपलको चौतारा बिस्तार गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रोत्साहन गरिने बताएका छन ।

‘वर पिपलको चौतारी विस्तार गर्न प्रोत्साहन प्रदान गर्ने योजना छ’उनले भने–‘वर पिपलको चौतारी बनाउन जग्गा उपलब्ध गराउने र वर पिपलको चौतारी बनाउनेलाइ सम्मान गर्ने कार्यक्रम छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस