• २०८३ जेष्ठ १६ गते शनिवार

नेपाल पाकिस्तानसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । एसिसी महिला इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग झिनो अन्तरले पराजित भएको छ । हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ‘ए’ ९ रनले विजयी भएको हो ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो ।नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् ।

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

Sharing

प्रतिक्रिया दिनुहोस