भदौ ६, नवलपरासी (पूर्व) । प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका(६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास खेलिरहेको अवस्थामा शत्रुधन लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार ६ सय ८० रुपैयाँ, ५ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।