• २०८३ जेष्ठ ३१ गते आइतवार

सुनिलस्मृति गाउँपालिका ३ नं. वडामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १, राेल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले वडा नं। ३ मिझिङमा आधारभूत स्वास्थ्य केन्द्र मङ्गलबार १ कार्यक्रमका विच उद्घाटन गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष गिर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी रहनुभएको थियो ।

त्यसैगरि वडा नं. ६ का वडा अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनीको विशिष्ट आतिथ्यतामा वडा नं। ६ गजुलमा “सुनौलो १००० दिन”का गर्भवती महिला तथा कुपोषित भएका २ बर्ष मुनिका बालबालिकाहरुलाई पोषिलो खाना तथा सामाग्री वितरण समेत गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस