• २०८३ बैशाख २३ गते बुधवार

छायानाथ धामको तीर्थ यात्रा आज बाट शुभारम्भ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ३१ मुगु । विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा आइतवार बाट शुभारम्भ भएको छ। आईतवार छायानाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका भगवान शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायानाथ लगेपछि आज बाट तीर्थयात्रा सुरु भएको हो ।

मुगुमकामरोङ गाउँपालिका डोल्फु रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा आज बाट प्रारम्भ भएको यहाका पुजारीले बताएका छन् । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता रुपमा छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ। आईतवार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित कर्णालीका जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , सँगै सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा पुग्ने गरेका छन् ।

जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ । छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । आईतवार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस