• २०८३ बैशाख २० गते आइतवार

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति हुनुभएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उहाँलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस