• २०८३ बैशाख १७ गते बिहिवार

यो वर्षको जुलाई विश्वमा अहिलेसम्मकै गर्मी महिना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन,३० काठमाडौं । यो वर्ष (सन् २०२१) को जुलाई महिना तथ्यांक राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना साबित भएको छ । अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकायले बताए अनुसार गएको जुलाई महिना पृथ्वीमा अहिलेसम्मकै गर्मी महिनाका रुपमा दर्ता भएको हो ।

तथ्यांकहरु अनुसार पृथ्वीको सतह र समुद्री सतहको समग्र तापक्रम २० औ शताब्दीको औषत तापक्रम १५.८ डिग्रिसेल्सियस भन्दा ०.९३ डिग्रिसेल्सियस बढी देखिएको छ ।

१४२ वर्षपहिलेदेखि तथ्यांक राख्न थालेयताकै यो उच्च तापक्रम हो । यसअघि सन् २०१६ को जुलाईमा उच्च तापक्रम मापन भएको थियो । सन् २०१९ र २०२० जुलाईमा पनि त्यहि तह (सन् २०१६ को जस्तै) तापक्रम मापन भएको थियो ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावका कारण तापक्रम बढेको विज्ञहरुको भनाई छ ।

अमेरिकाको नेशनल ओसनिक एण्ड एट्मोस्फियरिक एड्मिनिस्ट्रेसन (एनओएए) ले वक्तव्य जारी गरेर तापक्रममा आएको अविश्वशनीय अन्तर वा बढावा गम्भीर चासो र चिन्ताको विषय रहेको उल्लेख गरेको छ ।

तापक्रममा आएको बढोत्तरी र नयाँ रेकर्डले जलवायु परिवर्तनको विनाशकारी मार्गमा थप समस्या बढाउने उल्लेख छ ।

यो वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा ०.०१ डिग्रिसेल्सियस बढि रहेको छ ।

उत्तरी गोलार्धमा औषत तापक्रम यसअघि सन् २०१२ मा मापन गरिए भन्दा समग्रमा १.५४ डिग्रिसेल्सियस उच्च देखिएको छ ।

यस्तै यो वर्षको जुलाईमा नामाकरण गरिएका समुद्री आँधीको संख्या पनि विगतको भन्दा धेरै देखिएको एनओएएले जनाएको छ ।

तथ्यांक अनुसार एसियामा यो वर्षको जुलाई अहिलेसम्मकै गर्मी मापन भएको छ । यस्तै युरोपमा यो वर्षको जुलाई अहिलेसम्मको दोस्रो गर्मी जुलाई महिना बन्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस