• २०८३ असार ५ गते शुक्रवार

देउवा–महत भनाभन, सामूहिक राजीनामाको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी  विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो ।

संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ ।

आगामी भदौ १६–१९ का लागि निर्धारित महाधिवेशन प्रभावित भएपछि काँग्रेसमा नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ ।

विहीबार देखि सुरु भएको केन्द्रीय कमिटीमा बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काको भनाइ छ । उनका अनुसार शनिबारको बैठकमा नयाँ कार्यतालिका ल्याउने तयारी छ ।

भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना रहेको नेताहरुको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस