• २०८३ बैशाख ९ गते बुधवार

मकवानपुर : १५ किलो गाँजासहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २६ मकवानपुर । मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार कैलाश गाउँपालिका-८ का २९ वर्षीय दिलबहादुर बल पक्राउ परेका हुन्‌।

Sharing

प्रतिक्रिया दिनुहोस