साउन २५, सुर्खेत । नेपालमा बसेर केहि गर्न सकिन्न बिदेश गएर डलर कमाउनुपर्छ भनेर विदेशिनेहरुका लागि स्वदेशमै बसेर सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन रिटायर्ड अमर तारामी ।

नेपाली समाजमा चर्चित भनाई छ, ‘जसले मह काढ्छ, उसले हात चाट्छ,’ । व्यावसायिक मौरीपालन गरेर वीरेन्द्रनगरपालिका ११ का अमर बहादुर तारामीले वर्षौदेखि मह पनि काँडे, हात पनि चाटे । उनले आफूले मात्र मह खाएनन, देशका साथै विदेशमा पनि मह पठाए, चखाए । महलाई जीवनकै आर्यआर्जनको आधार बनाए । अहिले उनले मौरीपालन व्यवसायबाट वार्षिक लाखौ आम्दानी गर्छन । सुरक्षा निकायबाट रिटायर्ड भइसकेपछि धेरेकोे उद्देश्य भनेको स्वेदेशी तथा विदेशी कम्पनीहरुमा सुरक्षा गार्डकोमा मौरीसँगै रमाउदै मौरीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । वीरेन्द्रनगर वडा नम्बर ११ मा तारामी मगरले आफ्नै हिमालयन मौरीपालन उद्योग समेत संचालन गरेका छन् ।
स्वदेशमा केही गर्न सकिन्न र रोजगारी पाइँदैन भनेर वर्षेनी लाखौं युवाहरु विदेशिने गरेका बेला मगरले भने स्वदेशमैं केही गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरेका छन् । पाँच हजार रुपैयाँको लगानीमा एक घार मौरीबाट मौरी पालन व्यवसाय सुरुवात गरेका मगरले अहिले वार्षिक १२ लाखसम्मको मनग्य आम्दानी गर्दै आएको उनी बताउँछन् । २०५८ सालमा पेन्सन पकाएर रिटायर्ड भएपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै दुई वर्ष बित्यो,अमरले भने, ‘सबै व्यावसायकोे विषयमा अध्ययन गरें कर्णालीमा मौरीपालन व्यवसाय सजिलो, नाफा पनि हुने र यसको भविष्य पनि राम्रोे देखेपछि २०६० सालबाट कामको सुरुवात गरी यहि व्यवसाय रोजें । जागिरमा हुँदा हाकिमको अण्डरमा चल्नुपर्ने निकै मेहनतका साथ काम गर्दा पनि भनेजस्तो तलब नहुँने अहिले आफ्नै व्यवसाय गर्दा आफै कामदार आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नै परिवारसँग बस्दाको त मज्जा नै बेग्लै रहेको तारामीले जानकारि दिए ।
एक घार भेरी सामुदायिक वन उपभोक्ता समुह र एक घार आफनै पाँचहजार लागानीमा सुरु गरेको थिय तीनै दुई घार मौरीले एक वर्षमा ३० घार मौरी बनाए र एक घार समुहमै फिर्ता गरेको तारामीको भनाई छ । त्यतिबेलाको पाँच हजार लगानीबाट र समुहबाट पाएको दुइ घार मौरीबाट सुरु गरेको थिएँ भने अहिले एक सय घार मौरी भएका छन उनले भने, ‘अहिले वार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्दै आएको छु । कर्णालीको प्राकृतिक सौन्दर्यता र विभिन्न जडिबुटीका कारण पनि यहाँ मौरीपालन व्यावसायको थुप्रै सम्भावना रहेको आफुले उत्पादन गरेको मह बजारमा धेरै माग भए पनि पु¥याउनै सकेको छैन । ‘कर्णाली प्रदेश सौन्दर्यको खानी भएको स्वच्छ,कञ्चन निर्मल ठाउँ भएको हुँदा पनि यहाँ मौरीपालन व्यवसायको थुप्रै सम्भावना देखेको छु,‘मौरीपालन व्यवसायको क्षेत्र बनाउनलाई सरकारि स्तरबाट विशेष पहल हुनुपर्ने हो तर त्यसप्रति कसैको चासो छैन । कर्णाली प्रदेशमा मौरीपालन व्यवसायको अथाह सम्भावना छ यहाँको सरकारको चासो नहुँदा अहिले पनि करोडौँ अबौँको स्रोत खेर गइरहेको तारामीले बताए ।
अझैपनि कतिपयलाई आधुनिक प्रविधिको बारेमा मानिसहरुलाई ज्ञान नै नभएको र आधुनिक प्रविधिको बारेमा बुझाउन आवश्यक रहेको उहाँको भनाई रहेको छ । नेपालमा उद्योगको नाममा कागजको खोस्टा मात्र भए अनुदान पाईन्छ तर आफुले यति ठुलो हिमालयन मौरीपालन उद्योग नै खडा गर्दा पनि कतैबाट अनुदान नपाएको गुनासो गर्नुभयो ।
विदेशमा गर्ने दुःख नेपालमै गर्न सके सुन फालाउन सकिने आफ्नो देशमै सानोतिनो व्यवसाय गर्नेका लागि प्रसस्तै अवसरहरु रहेको उनी बताउँछन् । उनले भने, ‘हामी सुनको सिरानी हालेर नुनको खोजीमा गयौं भने धेरै दुःख पाईन्छ स्देशमै केहि गरौ सुख पाइन्छ ।