• २०८३ बैशाख ३१ गते बिहिवार

९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, रौतहट । प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस