• २०८३ असोज २१ गते बुधवार

बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, नवलपरासी(पूर्व) । प्रहरीले बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई पक्राउ गरेको छ । विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठ रहेका छन् । प्रदेश ३-०१-०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी गाडी चालक अर्जुन र ईन्द्रलाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस