• २०८३ बैशाख १४ गते सोमवार

भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने मन्त्रिपरिषदको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौँ । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस