• २०८३ भाद्र ३० गते मङ्गलवार

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीद्वारा ११ नगरपालिकामा अध्यक्ष चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १७, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकले काठमाण्डौ जिल्लाका ११ नगरपालिकामा अध्यक्ष चयन गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा भएको बैठकले काठमाण्डौ जिल्लाका ११ नगरपालिकामा अध्यक्ष चयन गरेको हो।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा रहेको ड्रिम हाउस इन्टरनेसनलमा भएको सो बैठकले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा आएका ६ जनालाई जिल्ला सदस्यमा मनोनयन पनि गरेको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा सह इन्चार्ज रामेश्वर फुयाल, नारायण सिलवाल, केन्द्रीय सदस्य केशव स्थापित, ,बागमती प्रदेस कमिटीका सचिव खेम लोहनी लगायतको उपस्थितिमा भएको सो बैठकले पार्टीको विधान अधिवेशनका लागि प्रस्तावित विधानलाई वडा तह सम्म छलफलमा लैजाने निर्णय पनि गरेको छ।

त्यस्तै एक हप्ता भित्र काठमाण्डौका ११ वटै नगर कमिटीको बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको बैठकले असोज ३ गते हुने वडा र असोज ९ गते हुने नगर अधिवेशनको तयारीका लागि सबै स्थानीय कमिटीहरुलाई निर्देशन समेत दिएको छ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा ४८ सदस्यीय सचिवालय चयन बैठकले गरेको नगर कमिटी अध्यक्षहरु चयनको निर्णयलाई अनुमोदन गरेको छ।

काठमाण्डौ जिल्लाका ११ नगरपालिकामा अध्यक्षहरु
१. काठमाण्डौ महानगरपालिका – निर्मल देउला
२. शंखरापुर नगरपालिका – राम कुमार तिवारी
३. कागेश्वरी मनोहरा नगरपालिका – ज्योतिराम फुयाल
४. गोकर्णेश्वर नगरपालिका – उद्दव बिस्ट
५. बुढानिलकण्ठ नगरपालिका – प्रदिप डंगोल
६. टोखा नगरपालिका – सत्यनारायण डंगोल
७. तारकेश्वर नगरपालिका – बसु गौतम
८.चन्द्रागिरी नगरपालिका – राजु श्रेष्ठ
९. किर्तिपुर नगरपालिका – राधाकृष्ण बस्नेत
१०. दक्षिणकाली नगरपालिका – राम लो
११. नागार्जुन नगरपालिका – नन्दनहरी गौतम

Sharing

प्रतिक्रिया दिनुहोस