• २०८३ जेष्ठ ८ गते शुक्रवार

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८,सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित हुँगा खोलामा अज्ञात पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहीबार दिउँसो १२ः५० बजे प्रहरी चौकी पावैबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो ।

प्रहरीका अनुसार शवको एउटा खुट्टा र एउटा हात मात्र बाहिर देखिएको अवस्थामा भेटिएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल फाप्लु ल्याइएको जनाएको छ ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको उचाइ करिब ५ फिट ८ इन्च रहेको तथा मंगोलियन वर्णको पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ ।
उक्त व्यक्तिको पहिचान भएमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर ९८५२८९०१९९ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।
स्रोतः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु

Sharing

प्रतिक्रिया दिनुहोस